Section 78
मनासिब समयको निर्धारण
कुनै विनिमेय अधिकारपत्रको स्वकिृति वा भुक्तानीको निमित्त प्रस्तुत गर्ने, अनादरको सूचना दिने र अनादर भएको जनाउन लगाउने सम्बन्धमा मनासिब समयको निर्धारण गर्नुपर्दा सो अधिकारपत्रको प्रकृति र त्यस्तो प्रकारको विनिमेय अधिकारपत्र सम्बन्धमा  साधारणतया अपनाई आएको व्यवहारलार्ई ध्यानमा राखी निर्धारण गर्नुपर्नेछ । सो सयमको हिसाब गर्र्दा सार्वजनिक बिदाको दिनलार्ई गणना गरिने छैन ।